March 9th, 2018

चार दिनमा ३०.८६ अंकले घट्यो सेयर बजार

बैंकिङ खबर । साताको सुरुमा ४१.५६ अंकको पहिलो गएको बजार साताको अन्तिम दिनसम्म आइपुग्दा सुधारात्मक देखिएको छ । सोमबार १५.६९ अंकले घटेको बजार मंगलबार ८.७० अंकले बढेको थियो भने बुधबार १८.६९ अंकले बढेर १३१५.१३ अंकमा पुगेको छ । विहीबार सार्वजनिक विदा परेका कारण सेयर कारोबार भएन । गत साता  नेप्से परिसूचक १३४५.९९ अंकमा बन्द भएको थियो । यस आधारमा हेर्दा, यो साता नेप्से ३०.८६ अंकले घटेको देखिन्छ । गत साता नेप्से परिसूचक ४०.९९ अंकले घटेको थियो ।

आइतबार ४८ करोडको कारोबार भएको बजारमा सोमबार ३९ करोडको कारोबार भएको थियो भने मंगलबार झन्डै ४८ करोडको कारोबार भएको थियो । त्यस्तै, बुधबार ४२ करोडको कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब ७८ करोड ५९ लाख ९२ हजार ५१ रुपैयाँको कारोबार भएको छ, जुन गत साताको तुलनामा १५ करोड ८५ लाख रुपैयाँ कम हो । गत साता एक अर्ब ९४ करोड ४५ लाख २९ हजार तीन सय १८ रुपैयाँको सेयर कारोबार भएको थियो । 

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नविल बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको पनि धेरै कारोबार भएको छ । सूर्योदय लघुवित्त, स्वदेशी लघुवित्त लगायतका सेयरधनीले कमाएका  छन् । हिमालयन डिस्टीलरी, विशाल बजार लगायतका सेयरधनीले गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]