बैंकिङ खबर । बुधबार सेयर बजार १८.६९ अंकले बढेर १३१५.१३ अंकमा पुगेको छ । उत्पादनमूलक समूह २.३९ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः १५.५५, ३.०४, २४.५६, १९.९१, ३०.७३, ५.३३, १६१.४३, ३.०९ र २५.६४ अंकले बढेका छन् ।
मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १० लाख ४७ हजार चार सय ९४ कित्ता सेयर पाँच हजार छ सय ५७ पटक खरिदविक्री हुँदा ४२ करोड ६८ लाख २१ हजार एक सय १८ रुपैयाँको कारोबार भएको छ । मंगलबार झन्डै ४८ करोडको सेयर कारोबार भएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको पौने तीन करोड, नविल बैंकको दुई करोड तथा सानिमा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नागरिक लगानी कोष, नेपाल इन्भेष्मेन्ट बैंक र नेपाल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैंक, कुमारी बैंक र वरियन्टल होटल्सको क्रमशः ८८ लाख, ८७ लाख र ७९ लाखको कारोबार भएको छ ।
सूर्योदय लघुवित्त, हिमालयन डिस्टीलरी, वोमी माइक्रोफाइनान्स, रिडी हाइड्रो, ग्लोबल आईएमई लघुवित्त र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ९.९९, ९.९४, ९.७४, ८.६६, ७.९५ र ६.२५ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावर, कन्काई विकास बैंक, किसान माइक्रोफाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
जम्मा १७ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै भार्गव विकास बैंकका सेयरधनीले ४.२४ प्रतिशतका दरले गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, युनिलिभर नेपाल, तिनाउ विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, एशियन लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, दिव्यश्वरी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।