Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजार ५.८६ अंकले बढ्यो, कारोबारमा सामान्य वृद्धि

२०७४ फाल्गुन १५ गते

बैंकिङ खबर । केही दिनदेखि लगातार गिरावटको क्रममा रहेको सेयर बजार मंगलबार ५.८६ अंकले बढेर १३६४.८१ अंकमा  पुगेको छ । विकास बैंक, जलविद्युत्, बीमा र उत्पादनमूलक समूह क्रमशः ०.३७, १.१६, २.६२ र १०.४१ अंकले घटेका छन् भने बैंकिङ, होटल, फाइनान्स, अन्य र लघुवित्त क्रमशः ५.८६, ३१.२६, ३.०३, ११.९ र ०.९८ अंकले बढेका छन् । 

कारोबार रकम पनि सोमबारको तुलनामा सामान्य बढेको छ । दिनभरिमा १५३ वटा कम्पनीको ११ लाख ५१  हजार नौ सय ६५ कित्ता सेयर चार हजार तीन सय १९ पटक खरिदविक्री हुँदा ५५ करोड ६८ लाख ६० हजार तीन सय ५७ रुपैयाँको कारोबार भएको छ । सोमबार ५५ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो । 

नेपाल इन्स्योरेन्स र प्रभु बैंकको छ करोड तथा नेपाल लाइफ प्रोमोटर र प्राइम लाइफ प्रोमोटरको पाँच करोडमाथिको कारोबार हुँदा प्राइम लाइफ इन्स्योरेन्स र नविल बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंक, फरवार्ड कम्यसनिटी माइक्रोफाइनान्स र राष्ट्रिय कम्पनीको एक करोड तथा स्टान्डर्ड चार्टर्ड बैंकको ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार गोर्खाज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.४७ प्रतिशतका दरले कमाएका छन् । कालिका माइक्रोक्रेडिट, ज्योति विकास बैंक, लक्ष्मी लघुवित्त, विजय लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, कन्काई विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले नौ प्रतिशत तथा प्राइम लाइफ प्रोमोटर र हाम्रो विकास बैंकका सेयरधनीले पाँत प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मेरो माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, निर्धन उत्थान बैंक, काबेली विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Ad