बैंकिङ खबर । आइतबार नेप्से परिसूचक १२.२५ अंकले घटेर १३७४.७३ अंकमा कायम भएको छ । होटल समूह १.७१ अंकले बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः १३.६५, १०.५, १५.६७,२.४३, ४५.२७, ५.७३, ३.९७ र १२.९ अंकले घटेका छन् ।
दिनभरिमा १४६ वटा कम्पनीको पाँच लाख २८ हजार छ सय ४० कित्ता सेयर तीन हजार सात सय ३८ पटक खरिदविक्री हुँदा २९ करोड १८ लाख १७ हजार एक सय आठ रुपैयाँको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर र साधारण सेयर गरेर झन्डै नौ करोडको कारोबार भएको छ भने नविल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपषल बैंक, प्राइम लाइफ इन्स्योरेन्स र प्राइम बैंकको क्रमशः ९० लाख, ८७ लाख, ८३ लाख, ७९ लाख, ७३ लाख र ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
जम्मा २५ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै सिनर्जी पावरका सेयरधनीले दुई प्रतिशतका दरले कमाएका छन् । निर्धन उत्थान बैंक, स्वदेशी लघुवित्त, काबेली विकास बैंक, वरियन्टल होटल्स, शिखर इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, रिडी हाइड्रो, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीले ४.०६ प्रतिशतका दरले गुमाएका छन् । तारागाउँ रिजेन्सी, मेरो माइक्रोफाइनान्स, सेञ्चुरी बैंक, नेपाल एसबिआई बैंक, नेशनल हाइड्रो, बरुण हाइड्रो, नेपाल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।