नेपाल ग्रामिण बिकास बैंकले १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको बैँकले सर्वसाधारणको हिस्सा बढाउन नेपाल ग्रामिणमा थप साधारण शेयर निष्काशन गर्न लागेको हो । हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन थप साधारण शेयर निष्काशन गर्ने तयारी गरेको ग्रामीण विकास बैँकले जनाएको छ । चुक्ता पूँजी ५५ करोड रहेको बैँकले झण्डै ९ लाख कित्ता थप शेयर सर्वसाधारणमा विक्रि गर्ने निर्णय गरेको हो । साधारण शेयरको न्युनतम मूल्य कति हुने भन्ने विषयमा भने निर्णय भइनसकेको बताइएको छ । हाल सो कम्पनीको शेयरको बजार मूल्य ९ सय रुपैयाँको हाराहारीमा रहेको छ ।