Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

झन्डै ३८ अंकले घट्यो सेयर बजार, चार दिनमा एक अर्ब ७० करोडको कारोबार

२०७४ फाल्गुन ११ गते

बैंकिङ खबर । चार दिन कारोबार भएको यो साता सबै दिन सेयर बजारमा गिरावट आएको छ । साताको आइतबार र मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार र विहीबार क्रमशः ९.६४ र ०.१० अंकले घटेका छन् । जसअनुसार, गत साताको अन्तिम दिन १४२४.९५ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३८६.९८ अंकमा झरेको छ । यस आधारमा हेर्दा यो साता नेप्से परिसूचक ३७.९७ अंकले घटेको देखिन्छ । गत साता नेप्से ३३.९२ अंकले बढेको थियो । 

परिसूचकमा गिरावट आएपछि गत साताको तुलनामा कारोबार रकम बढेको छ । आइतबार ५९ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ४० करोडको मात्रै कारोबार भएको छ । त्यस्तै, बुधबार र विहीबार क्रमशः साढे २८ करोड र ४२ करोडको कारोबार भएको छ । समग्रमा साताभरमा एक अर्ब ७० करोड ४५ लाख ४० हजार चार सय ७६ रुपैयाँको कारोबार भएको छ । गत साता चार दिन कारोबार हुँदा एक अर्ब ३६ करोडको कारोबार भएको थियो । 

यो साता नेपाल लाइफ इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, प्राइम लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सानिमा बैंक लगायतको धेरै कारोबार भएको छ । सेयर बजार निरन्तर घटेपछि धेरै जसो कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति घटाएका छन् ।  

Ad