Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेन्ट्रल फाइनान्सको हकप्रद भर्नुभयो ? आइतबार सकिँदैछ म्याद

२०७४ फाल्गुन ११ गते

बैंकिङ खबर । सेन्ट्रल फाइनान्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । फागुन १३ गतेसम्म विक्री खुला रहने हकप्रदमा पुस ३ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

फाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । एनआई्िवएल क्यापिटल लाजिम्पाट, सेन्ट्रल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यलयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी र धनगढी तथा आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । 

फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २६ करोड तीन लाख रुपैयाँ बराबरको २६ लाख तीन हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सेन्ट्रल फाइनान्सको हालको चुक्ता पूँजी ५२ करोड छ लाख रुपैयाँ रहेको  छ । ५० प्रतिशत हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ७८ करोड नौ लाख रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट “ग“ वर्गको इजाजत प्राप्त फाइनान्सले ८० करोड रुपैयाँ पूँजी पुर्याउन थप एक करोड १९ लाख रुपैयाँ जुटाउनु पर्नेछ ।

हालसम्म सेन्ट्रल फाइनान्सले दुई अर्ब ७४ करोड चार लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५३ करोड आठ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

Ad