बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । परिसूचक ०.१० अंकले घटेर १३८६.९८ अंकमा कायम भएको छ । बैंकिङ, होटल, जलविद्युत्, बीमा र लघुवित्त क्रमशः ०.४१, ९.९४, ३.१५, ३४.६६ र ४.४८ अंकले घटेका छन् । विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ३.०९, ०.२८, ४१.५४ र ५.०१ अंकले बढेका छन् ।
कारोबार रकम बुधबारको तुलनामा सामान्य बढेको छ । दिनभरिमा १५७ वटा कम्पनीको १० लाख ७९ हजार तीन सय ९६ कित्ता सेयर चार हजार दुई सय ३२ पटक खरिदविक्री हुँदा ४२ करोड २४ लाख ७९ हजार नौ सय ७३ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ प्रोमोटरको साढे पाँच करोड, ओम डेभलपमेन्ट बैंक र सेञ्चुरी बैंकको तीन करोड तथा राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको दुई करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल लाइफ, प्राइम लाइफ, एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नविल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
५७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै बोटलर्स नेपालका सेयरधनीले ३.९८ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, युनिलिभर नेपाल, कालिका माइक्रोक्रेडिट, मेरो माइक्रोफाइनान्स, अरुण फाइनान्स, नेशनल हाइड्रो, महुली सामुदायिक लघुवित्त, जेविल्स फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नागबेली लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.८३ प्रतिशतका दरले गुमाएका छन् । दिव्यश्वरी हाइड्रो, रिलायन्स फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, सेञ्चरी बैंक प्रोमोटर, प्रोग्रसिभ फाइनान्स, नेपाल इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।