बैंकिङ खबर । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले एफपिो निष्काशनको निर्णय स्थगित गरी हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले एफपिओ निष्काशन प्रकृया स्थगित गर्न विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनिले विशेष साधारण सभाबाट एफपिओ स्थगित गरि एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।
क्यापिटल मार्केट
अरुण भ्याली हाइड्रोको एफपिओ नआउने, अघि सार्यो हकप्रद निष्काशन प्रस्ताव
२०७४ फाल्गुन ८ गते