बैंकिङ खबर । मंगलबार सेयर बजार १७.१८ अंकले घटेर १३९६.७२ अंकमा कायम भएको छ । होटल र अन्यबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ११०.५६ अंकले घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः १५.३९, ३.०४, १८.२८, २५.४२, २.८८, ५०.२६ र ३७.५१ अंकले घटेका छन् । होटल र अन्य भने क्रमशः ३.३५ र ०.३८ अंकले बढेका छन् ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १६० वटा कम्पनीको १० लाख १९ हजार छ सय ९० कित्ता सेयर चार हजार एक सय ७८ पटक खरिदविक्री हुँदा ४० करोड ५८ लाख ९६ हजार छ सय ६७ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटरको पाँच करोड ७० लाख, ओम डेभलपमेन्ट बैंक प्रोमोटरको दुई करोड तथा सानिमा बैंक, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, एनआईसी एशिया बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
जम्मा १७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले ५.१० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रो, हिमालयन डिस्टीलरी, लक्ष्मी इक्विटी फण्ड, भार्गव विकास बैंक, जलविद्युत् लगानी तथा विकास कोष, दिव्यश्वरी हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो, नविल इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, समिट माइक्रोफाइनान्स, बोटलर्स नेपाल र अरुण काबेली पावरका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेशनल माइक्रोफाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स र लक्ष्मी लघुवित्तका सेयरधनीले चार प्रतिशत तथा ग्लोबल आईएमई लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, किसान माइक्रोफाइनान्स लगायतका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।