बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १५ गतेदेखि दुई करोड ९४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ९४ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।
निष्काशन गर्न लागिएको कुल सेयरमध्ये, आठ हजार आठ सय २० कित्ता कर्मचारीहरुको लागि, १४ हजार सात सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख ७० हजार चार सय ८० कित्ता सर्वसाधारणको लागि छुट्याईएको छ ।
आईपिओमा छिटोमा फागुन २१ र ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन पाइनेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
हाल आरम्भ माइक्रोफाइनान्सको चुक्तापूँजी तीन करोड छ लाख रुपैयाँ रहेको छ । आईपिओ निष्कासनपछि संस्थाको चुक्तापुँजी छ करोड रुपैयाँ पुग्नेछ ।
माइक्रोफाइनान्सको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकका साथमा सी आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट आईपिओमा आवेदन दिन सकिनेछ ।