Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

२०७४ फाल्गुन ६ गते

बैंकिङ खबर । केपी ओली प्रधानमन्त्री भएको दिन उल्लेख्य रुपमा बढेको सेयर बजार आइतबार दोहोरो अंकले घटेको छ । विहीबार झन्डै ३४ अंकले बढेर १४२४.९५ अंकमा पुगेको बजार आइतबार १४१३.९० अंकमा झरेको छ । उत्पादनमूलकबाहेक, कारोबार भएका सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १०७.४८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, अन्य र लघुवित्त समूह क्रमशः २.८३, ३८.६४, २१.५८, ३४.२६, ८.१५, ९.९६ र ३०.३२ अंकले घटेका छन् । उत्पादनमूलक समूह ९.६९ अंकले बढेको छ । 

कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको १४ लाख २९ हजार तीन सय ५९ कित्ता सेयर सात हजार एक सय ८२ पटक खरिदविक्री हुँदा ५९ करोड छ लाख ६० हजार १२ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नविल बैंक र नेपाल बैंकको दुई करोड तथा एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै बोटलर्स नेपालका सेयरधनीले ४.०२ प्रतिशतका दरले कमाएका छन् । छ्याङ्दी हाइड्रो, भार्गव विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, मिथिला लघुवित्त, हाम्रो विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, अरुण काबेली पावर, जेविल्स फाइनान्स, बरुण हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, प्रोग्रसिभ फाइनान्सका सेयरधनीले सात प्रतिशत तथा सहयोगी विकास बैंक, नेशनल हाइड्रो, पूर्णिमा विकास बैंक र अरुण भ्याली हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीक दरले गुमाएका छन् । मेरो माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, मल्टिपर्पोज फाइनान्स, ज्योति विकास बैंक, वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।                                             

Ad