Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा नौ अंकको वृद्धि, ३३ कम्पनीका सेयरधनीले गुमाए

२०७४ माघ २५ गते

बैंकिङ खबर । विहीबार सेयर बजार ९.०१ अंकले बढेर १३९१.०३ अंकमा पुगेको छ । व्यापार र फाइनान्सबाहेक सबै समूह बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र लघुवित्त समूह क्रमशः ६.३१, १३.४३, ८.२७, १७.०१, ७२.९४, ७.९७ र ७.४५ अंकले बढेका छन् भने उत्पादनमूलक समूह स्थिर रहेको छ । व्यापार र फाइनान्स भने क्रमशः ०.०८ र ०.१६ अंकले घटेका छन् । 

दिनभरिमा १५२ वटा कम्पनीको छ लाख ८६ हजार चार सय ६३ कित्ता सेयर तीन हजार तीन सय ९४ पटक खरिदविक्री हुँदा २६ करोड ८५ लाख ३० हजार चार सय दुई रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको दुई करोड तथा प्राइम लाइफ इन्स्योरेन्स, सिभिल बैंक, लक्ष्मी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र कालिका माइक्रोक्रेडिटको क्रमशः ९२ लाख, ७६ लाख, ७६ लाख, ६७ लाख र ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

सूर्योदय लघुवित्तका सेयरधनीले ९.९६ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, कालिका माइक्रोक्रेडिट, मिर्मिरे माइक्रोफाइनान्स, वरियन्टल होटल्स, प्रुडेन्सियल इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, प्राइम लाइफ इन्स्योरेन्स, नविल इक्विटी फण्ड, नागवेली लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

३३ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै आरएसडीसी लघुवित्तका सेयरधनीले ९.९८ प्रतिशतका दरले गुमाएका छन् । एनआईबिएल समृद्धि फण्ड, गोर्खाज फाइनान्स, काबेली विकास बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, अरुण काबेली पावर, तारागाउँ रिजेन्सी, बुटवल पावर कम्पनी, भार्गव विकास बैंक, लुम्बिनी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Ad