Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोनस सेयर वितरण गर्दै ‘हाम्रो विकास बैंक’

२०७४ माघ २३ गते

बैंकिङ खबर । हाम्रो विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ७.३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । बोनस सेयका साथमा बैंकले कर प्रयोजनका लागि १७ लाख ५८ हजार एक सय ६२ रुपैयाँ ४९ पैसा नगद लाभांश पनि वितरण गर्नेछ ।

बैंकले हाल कायम चुक्तापुँजीको ७.३० प्रतिशतले हुन आउने तीन करोड ३४ लाख ८८ हजार आठ सय नौ रुपैयाँ ३१ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ ।

Ad