बैंकिङ खबर । सोमबार सेयर बजार १०.४६ अंकले घटेर १४००.०५ अंकमा कायम भएको छ । सबै उपसूचकहरु ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा धेरै ८४.८१ अंकले घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ७.०९, ०.०९, ८, १४.१९, ३०.२, ६.९६, १.१७, ३.५१ र १७.३८ अंकले घटेका छन् ।
दिनभरिमा १५४ वटा कम्पनीको नौ लाख १५ हजार पाँच सय २३ कित्ता सेयर तीन हजार आठ सय ९४ पटक खरिदविक्री हुँदा ३० करोड ७८ लाख ३५ हजार चार सय ५४ रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोको तीन करोड तथा नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, कुमारी बैंक, बुटवल पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । सानिमा बैंकको ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
जम्मा १६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । नयाँ नेपाल लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.४० प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी भ्यालु फण्ड, अरुण फाइनान्स, मल्टिपर्पोज फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, गुराँस लाइफ इन्स्योरेन्स, माछापूच्छ्रे बैंक, युनाइटेड मोदी हाइड्रो, हाम्रो विकास बैंक, पोखरा फाइनान्स, जनता बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, युनियन फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स र नविल बैंक (प्रोमोटर)का सेयरधनीले पनि कमाएका छन् ।
यता, गुहेश्वरी फाइनान्स, तिनाउ विकास बैंक र एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । किसान माइक्रोफाइनान्स, सानिमा माई हाइड्रो, बुटवल पावर कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स, रिडी हाइड्रो, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।