May 10th, 2016

मंगलबार १ अर्बको नेप्से कारोबार, ४ वटा कम्पनिका लगानीकर्ता मालामाल

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय ३४ वटा कम्पनिको १९ लाख १० हजार ६ सय ५८ कित्ता शेयर ४ हजार ४ सय ४८ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ७ करोड ९९ लाख ७७ हजार ३ सय ९८ रुपैँयाको कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा बढी हो । सोमबार ९९ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको थियो । मंगलबार नेप्से परिसूचक सामान्य १.१४ अंकले बढेर १४८४.०४ अंकमा पुगेको छ । 

धेरै कारोबार गर्ने कम्पनिहरुको अग्रस्थानमा मंगलबार नेपाल बैँक रहेको छ जसको ७ करोड ४७ लाख ९७ हजार ७ सय ३१ रुपैँयाको शेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कम्पनि र नेपाल बंगलादेश बैँकको ६ करोडमाथिको शेयर कारोबार हुँदा एनआईसी एसिया र नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ५ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनिको ४ करोडमाथिको शेयर कारोबार भएको छ भने फस्र्ट माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सिटिजन्स बैँक लगायतको ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

मंगलबार ४ वटा कम्पनिका लगानीकर्ताले उच्च दरमा सम्पत्ति बढाएका छन् । नेपाल इन्स्योरेन्स, काक्रेविहार विकास बैँक, लुम्बिनी फाइनान्स र एनआईडीसी क्यापिटल मार्केट्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका हुन् । शिखर इन्स्योरेन्स, नमस्ते वित्तीय संस्था र लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले क्रमशः ९.९१, ९.७७ र ९.१८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । हामा मर्चेन्ट, नेको इन्स्यारेन्स, हिमालयन जेनेरल इन्स्यारेन्स लगायतले पनि कमाएका छन् । गुमाउने कमपनिहरुको अग्रस्थानमा प्रोफेशनल दियालो विकास बैँक रहेको छ जसको शेयर मूल्य साढे ६ प्रतिशतले घटेको छ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, पूर्णिमा विकास बैँक, समिट माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैँक, रिलायबल डेभलपमेन्ट बैँक लगायतले पनि गुमाएका छन् । 

वाणिज्य बैँक, विकास बैँक र फाइनान्स समूह घट्दा होटल, जलविद्युत्, विमा र उत्पादनमूलक समूह बढेका छन् भने अन्य समूह स्थिर रहेको छ । सबैभन्दा धेरै विमा समूह १९१.१ अंकले बढेको छ भने उत्पादनमूलक २८.५९, होटल १७.९४ र जलविद्युत् समूह २.४३ अंकले बढेको छ । त्यस्त्ै, वाणिज्य बैँक समूह ७.९९ अंकले घट्दा फाइनान्स र विकास बैँक क्रमशः ४.७८ र २.७ अंकले घटेको छ ।