Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेञ्चुरी बैंकले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश

२०७४ माघ १८ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको विहीबार बसेको २५४औँ बैठकले पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।  ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको एक्विजिसन र ४० प्रतिशत हकप्रद बिक्रीपछि कायम भएको चुक्ता पुँजी सात अर्ब ६७ करोड ९४ लाख ६१ हजार आठ सय ३८ रुपैयाँको पाँच प्रतिशतले हुन आउने ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने त्यति नै नगद लाभांश पनि वितरण गर्नेछ ।

बोनस सेयर जारी गरेपछि सेञ्चुरी बैंकको चुक्तापुँजी आठ अर्ब छ करोड ३४ लाख ३४ हजार नौ सय ३० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३२ करोड ५१ लाख १ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Ad