Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकको १० प्रतिशत हकप्रद फागुन २ गतेदेखि

२०७४ माघ १२ गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले फागुन २ गतेदेखि १० प्रतिशत १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशन चैत ६ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिद्धार्थ क्यापिटल तथा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६८ करोड २६ लाख ११ हजार सात सय १९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार एक सय १७ दशमलव १९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिद्धार्थ बैंकको चुक्तापुँजी छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ५० करोड ८७ लाख रुपैयाँ नाघ्नेछ । ८ अर्ब पूँजी पुर्याउन अपुग रकम बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गर्नुपर्ने हुन्छ ।

Ad