बैंकिङ खबर । सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटल लिमिटेडले सिटिजन्स् म्युचुअल फण्डमा आवेदन गर्ने समय थप गरेको छ । माघ २ गतेदेखि निष्काशित सबै इकाइको लागि आवेदन नपरेपछि समय थप गरिएको हो ।
क्यापिटलले एक अर्ब बराबरको सामूहिक लगानी कोषको दश करोड इकाई बिक्रीमा ल्याएको थियो । तर, बिचमा सार्वजनिक विदा परेकाले फण्डमा सबै इकाइमा माग नपरेपछि समय थप गरिएको क्यापिटलले जनाएको छ ।
फण्डमा आवेदन गर्ने समय ढिलोमा माघ १७ गतेसम्म रहेको छ । विक्रीमा ल्याएको १० करोड इकाइका लागि माग आवेदन पर्यो भने अगाडी नै आवेदन बन्द गर्न सकिने क्यापिटलले जानकारी दिएको छ । कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ ।
सात बर्षे अवधिको उक्त म्युचुअल फण्डले औसतमा साढे २२ प्रतिशतका दरले वार्षिक प्रतिफल दिने लक्ष्य लिएको छ । ईकाई बिक्रीबाट संकलन भएको अधिकांश रकम सेयर बजारमा लगानी गर्ने कम्पनीको योजना छ ।
१० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।