बैंकिङ खबर । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाले अब मुलुकको उत्कृष्ठ वाणिज्य बैंक कृषि विकास बैंक हुने दाबी गरेका छन् । बैंकको ५१ औं वार्षिकोत्सवबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंक हरेक किसिमबाट अगाडी बढ्दै गएको र अबको केही समयमा नै उत्कृष्ट वाणिज्य बैंक बन्ने दाबी गरे ।
उनले हिजोसम्म पुरानो बैंकको रुपमा चिनिने कृषि विकासले अब मोडर्न बैंकको रुपमा परिचय बनाइसकेको भन्दै अहिलेका निजी वाणिज्य बैंकहरु भन्दा अगाडि रहेको बताए । सीइओ सिटौलाले विक्रम संवत २०२४ सालमा निम्न वर्गका कृषकहरुको उत्थानका लागि स्थापना गरिएको कृषि विकास बैंक विभिन्न परिस्थितिलाई पारलाई बैंकको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बताए ।