January 15th, 2018

नेप्सेले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को ३६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले आ.व. २०७३/७४ को लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गरेको छ । आ.व. २०७३/७४ सम्मको सञ्चित नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

शनिबार नै नेप्सेको २५ औं वार्षिकोत्सव कार्यक्रम अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।     कार्यक्रममा अर्थ मन्त्री कार्कीले धितोपत्र बजारको विकास र विस्तारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको जानकारी दिँदै नेप्सेलाई आफ्ना गतिविधिहरुको समीक्षा गरी अगाडि बढ्न निर्देशन दिए ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री कार्कीले नेप्सेका अधिकृतद्वय सुदर्शन उपाध्याय र बद्रीराम अधिकारीलाई दीर्घ सेवा पदक प्रदान गर्नुका साथै नेप्सेको २५ औं वार्षिकोत्सका अवसरमा प्रकाशित स्मारिकाको विमोचन समेत गरे ।
 
कार्यक्रममा ल्भ्एक्भ् ऋयचउयचबतभ द्यगििुक च्बअभ द्दण्ठद्ध  मा पुरुषतर्फ प्रथम, द्वितीय तथा तृतीय विजेता लिन्च सेकुरिटिजका विक्रम महर्जन, स्वेता सेक्युरिटिजका रामहरि बस्नेत अनलाइन सेक्युरिटिजका कुमार घिमिरे र महिलातर्फ प्रथम, द्वितीय तथा तृतीय विजेता थ्राइभ सेक्युरिटिजकी मुना देवकोटा, प्रभु क्यापिटलकी सुलोचना शाही र सिभिल क्यापिटलकी अन्जनादेवी राईलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियो । 

मिति २०७४/०९/२८ मा सम्पन्न द्यग्ीीुक् च्ब्ऋभ् मा नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएस एन्ड क्लियरिङ लि., धितोपत्र व्यवसायी तथा सूचीकृत कम्पनीहरुका तर्फबाट १२० कम्पनीका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए । नेप्सेको कार्यालय भद्रकालीबाट सुरु भएको द्यग्ीीुक् च्ब्ऋभ् सुन्धारा, न्युरोड, जमल, कान्तिपथ, केशर महल, दरबारमार्ग, रत्नपार्क हुँदै नेप्सेमा आएर टुंगिएको थियो । 

वार्षिकोत्सवका अवसरमा पुस २३ गते नेप्सेले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए ।