January 15th, 2018

अपि पावर कम्पनीको बोनस र हकप्रद सेयर पारित

अपि पावर कम्पनी लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा मिति २०७४/९/३० गते आईतबारका दिन थापाथली स्थित कार्की ब्याङ्केटको सभाकक्षमा सम्पन्न गरेको छ । साधारणसभाले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

अपी पावर कम्पनी लिमिटेडले ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना संचालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७४ चैत्र मसान्त भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएर कार्य गरिरहेको छ ।

यस कम्पनीलाई नेपाल विद्युत प्राधिकरणले खुल्ला टेण्डर प्रकृया बाट निष्कासन गरेको १८ मे.वा.क्षमताका ८ स्थानमा सोलार उर्जा उत्पादन गर्ने अनुमति प्राप्त भएको छ । कम्पनीको उक्त सोलार आयोजनाहरुको विद्युत खरिद विक्रि सम्झौता हुने क्रममा रहेको छ । 

कम्पनीले १ः२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छि आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना पनि साधारणसभाबाट पारित गरिएको छ ।