January 11th, 2018

कामना सेवा विकास बैंकको हकप्रद माघ १५ गतेदेखि

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले माघ १५ गतेदेखि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फागुन २० गतेसम्म निष्काशन हुने सेयरमा एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका शाखा कार्यालयहरु, कामना सेवा विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । 

कामना सेवाले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ९४ लाख १५ हजार चार सय ७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार एक सक्ष् ५४ दशमलव ७७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले निर्दशन गरे अनुसार बैंकले दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ । यसको लागि बैंकले अझै १२ करोड ७८ लाख रुपैयाँ जुटाउनु पर्ने छ । बैंकले चालु आर्थिक वर्षमा चुक्ता पूँजी दुई अर्ब ५३ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।