बैंकिङ खबर । सेन्ट्रल फाइनान्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । माघ २८ गतेसम्म विक्री खुला रहने हकप्रदमा पुस ३ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
फाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । एनआई्िवएल क्यापिटल लाजिम्पाट, सेन्ट्रल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यलयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी र धनगढी तथा आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ ।
फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २६ करोड तीन लाख रुपैयाँ बराबरको २६ लाख तीन हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सेन्ट्रल फाइनान्सको हालको चुक्ता पूँजी ५२ करोड छ लाख रुपैयाँ रहेको छ। ५० प्रतिशत हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ७८ करोड नौ लाख रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट “ग“ वर्गको इजाजत प्राप्त फाइनान्सले ८० करोड रुपैयाँ पूँजी पुर्याउन थप एक करोड १९ लाख रुपैयाँ जुटाउनु पर्ने छ ।