January 7th, 2018

झन्डै आठ अंकले बढ्यो सेयर बजार, ३६ करोडको कारोबार

बैंकिङ खबर । आइतबार सेयर बजार ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ । फाइनान्स र अन्यबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक र लघुवित्त क्रमशः १.८५, १४.२७, ९.३२, ४.२, १६५.८७, १० र २०.६ अंकले बढेका छन् भने व्यापार समूह स्थिर रहेको छ । फाइनान्स र अन्य क्रमशः १.१४ र ०.५७ अंकले घटेका छन् । 

दिनभरिमा १५७ वटा कम्पनीको सात लाख ५१ हजार ३९ कित्ता सेयर तीन हजार नौ सय ८५ पटक खरिदविक्री हुँदा ३६ करोड १६ लाख २५ हजार एक सय २९ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सवा पाँच करोड तथा एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनबि बैंक प्रोमोटर र सानिमा माई हाइड्रोको एक करोडमाथिको सेयर कारोबार भएको छ । नविल बैंक, नेपाल बैंक, एलआईसी नेपाल, कृषि विकास बैंक र प्रभु बैंकको क्रमशः ९३ लाख, ८७ लाख, ८१ लाख, ७५ लाख र ७५ लाख रुपैयाँको कारोबार भएको छ । 

मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.९७ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले ५.३२ प्रतिशतका दरले कमाएका छन् । हिमालयन डिस्टिलरी, सिनर्जी पावर, एलआईसी नेपाल, हाम्रो विकास बैंक, नयाँ नेपाल लघुवित्त, सगरमाथा इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, फस्र्ट माइक्रोफाइनान्सका प्रोमोटर सेयरधनीले ५.६४ प्रतिशतका दरले गुमाएका छन् । गुहेश्वरी फाइनान्स, कालिका माइक्रोक्रेडिट, मिर्मिरे माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स, सृजना फाइनान्स, अरुण फाइनान्स, नेशनल हाइड्रो, पोखरा फाइनान्स, युनाइटेड मोदी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।