January 7th, 2018

कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद माघ ११ गतेदेखि

बैंकिङ खबर । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले माघ ११ गतेदेखि २२५ प्रतिशत अर्थात एक बराबर २.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फागुन १६ गतेसम्म निष्काशन खुला रहने सेयरमा पुस १९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँके, तथा बैंकका अन्य शाखा कार्यालय र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल र धनगढीबाट आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट पनि बैंकको हकप्रदमा आवेदन दिने सकिने बैंकले जनाएको छ ।

कर्णालीले एक सय रुपैयाँ अंकित मूल्यमा ३३ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कर्णाली डेभलपमेन्ट बैंकको चुक्तापुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्तापुँजी ४९ करोड सात लाख ५० हजार रुपैयाँ पुग्नेछ ।