बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले माघ ११ गतेदेखि १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन फागुन १६ गतेसम्म खुला रहनेछ । बैंकको हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल कमलादी, लुम्विनी विकास बैंक तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु, भिबोर क्यापिटल कृष्ण गल्ली ललितपुर र आश्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिन्छ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड आठ लाख ८७ हजार आठ सय २७ रुपैयाँ बराबरको २० लाख आठ हजार आठ सय ७८ दशमलव २७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल लुम्बिनी विकास बैंकको चुक्तापुँजी दुई अर्ब ८८ लाख ७८ हजार छ सय रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड ९७ लाख ६६ हजार चार सय रुपैयाँ पुग्नेछ ।