सिद्धार्थ बैंक लिमिटेडले बोनस सेयर जारी गरेर नेपाल राष्ट्र बैंकद्धारा निर्धारित न्युनतम चुक्तापुँजी पुर्याउने भएको छ । बैंकको पुस २० गते बसेको संचालक समितिको २८५औं बैठकले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको १४ प्रंतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
सिद्धार्थले आ.व २०७३/७४ को बैंकको मुनाफा तथा संचित रकम समेतबाट हाल कायम चुक्तापुँजीको १४ प्रतिशतले हुन आउने ९५ करोड ५६ लाख ५६ हजार चार सय दुई रुपैयाँ बराबरको बोनस सेयर वितण गर्नेछ । हाल बैंकको चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार एक सय ५५ रुपैयाँ रहेको छ । बैंकले १० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेको छ । उक्त हकप्रद र बोनस सेयर समेत गरेर बैंकको चुक्तापुँजी आठ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।
बैंक संचालक सकितिद्धारा प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १६औँ वार्षिक साधारणसभाले पारित गर्न बाँकी रहेको छ ।
बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२ अर्ब १५ करोड र कर्जा लगानी रु. ७३ अर्ब ८० करोड गरेको छ ।