बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको पुस १५ गते सम्पन्न १४औँ वार्षिक समाधारणसभाले गत वर्षको मुनाफाबाट चुक्तापुँजी २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयरका साथमा लगानीकर्ताले ४.५ प्रतिशत नगद लाभांश पनि पाउनेछन् ।