बैंकिङ खबर । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार सात सय ६० रुपैयाँ बराबरको १२ लाख २४ हजार नौ सय ७७ दशमलव ६० कित्ता सेयर निष्काशन गर्नेछ । यसका लागि लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।