बैंकिङ खबर । लुम्बिनी विकास बैंकले १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंक्ले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड आठ लाख ८७ हजार आठ सय २७ रुपैयाँ बराबरको २० लाख आठ हजार आठ सय ७८ दशमलव २७ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो ।
हाल लुम्बिनी विकास बैंकको चुक्तापुँजी दुई अर्ब ८८ लाख ७८ हजार छ सय रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड ९७ लाख ६६ हजार चार सय रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।