बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । परिसूचक निरन्तर घट्दा पनि कारोबार रक मभने क्रमशः वृद्धिको क्रममा रहेको छ ।
व्यापार, होटल र अन्यबाहेक सबै उपसूचक घटेपछि समग्र नेप्से परिसूचक १०.७३ अंकको गिरावटसँगै १४१४.७८ अंकमा कायम भएको छ । बैंकिङ सबैभन्दा धेरै १६.२६ अंकले घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त क्रमशः १२.४७, ६.५४, ०.५८, ३.४८, ०.५८ र ३.०९ अंकले घटेका छन् । व्यापार होटल र अन्य क्रमशः ४.८२, ७.०६ र १.१६ अऋंकले बढेका छन् ।
कारोबार रकम बुधबारको तुलनामा पाँच करोड बढीको कारोबार भएको छ । बुधबार ७६ करोडको कारोबार भएको बजारमा विहीबार ८१ करोडको कारोबार भएको छ । दिनभरिमा १६२ वटा कम्पनीको १८ लाख ६१ हजार ६५ कित्ता सेयर सात हजार नौ सय ४५ पटक खरिदविक्री हुँदा कुल ८१ करोड ६९ लाख ९८ हजार, छ सय ६४ रुपैयाँको कारोबार भएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । स्टान्डर्ड चार्टर्ड बैंकको २२ करोड ८० लाख, नेपाल टेलिकमको १० करोड ३० लाखको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंक प्रोमोटरको तीन करोड, एभरेष्ट बैंकको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, प्रभु बैंक, नेपाल बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
विहीबार पनि महुली सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, युनाइटेड फाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले क्रमशः ७.०६ र ५.३० प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, कन्काई विकास बैंक, हिमालयन डिस्टीलरी, विशाल बजार, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नयाँ नेपाल लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.०८८ प्रतिशतका दरले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, नविल बैंक, गुडविल फाइनान्स, समिट माइक्रोफाइनान्स, हिमालयन बैंक, ओम डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक् लगायतका सेयरधनीले पनि गुमाएका छन् ।