Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा दोहोरो अंकको गिरावट कायमै, कारोबार बढ्यो, १६ कम्पनीका सेयरधनीले कमाए

२०७४ पुष १२ गते

बैंकिङ खबर । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घटेपछि समग्र नेप्से परिसूचक २१.५३ अंकले घटेर १४२५.५१ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै १३६.९१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त क्रमशः १७.८६, ५.६, २४.६९, २४.२९, ४.३६, २०.५३ र २३.७२ अंकले घटेका छन् । उत्पादनमूलक भने ६.५२ अंकले बढेको छ ।

परिसूचक घटेपनि कारोबार रकम भने उल्लेख्य रुपमा बढेको छ । मंगलबार ५४ करोडको कारोबार भएको बजारमा बुधबार साढे ७६ करोडको कारोबार भएको छ । दिनभरिमा १५६ वटा कम्पनीको १३ लाख ६८ हजार चार सय ७५ कित्ता सेयर सात हजार दुई सय ८४ पटक खरिदविक्री हुँदा ७६ करोड ५७ लाख ६९ हजार छ सय ६२ रुपैयाँको कारोबाचर भएको हो । 

नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर र स्टान्डर्ड चार्टर्ड बैंकको १० करोड एभरेष्ट बैंकको सवा सात करोड, नेपाल टेलिकमको पौने चार करोड तथा प्रभु बैंक र एनसीसी बैंकको क्रमशः दुई करोड ९० लाख र साढे दुई करोडमाथिको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, बुटवल पावर कम्पनी, नेपाल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा १६ कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । महुली सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । ललितपूर फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर, बोटलर्स नेपाल, ज्योति विकास बैंक, अरुण काबेली पावर, फस्र्ट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, ग्लोबल आईएमई समुन्नत स्किम लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सिन्धु विकास बैंकका सेयरधनीले ५.६२ प्रतिशतका दरले गुमाएका छन् । प्रभु बैंक, कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिभिल लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल हाइड्रो, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Ad