December 27th, 2017

सानिमा इक्विटी फण्डको बाँडफाँड

सानिमा क्यापिटल लिमिटेड योजना ब्यबस्थापक रहि मंसिर १२ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको सानिमा इक्विटी फण्डको इकाई मंगलबार बाँडफाँड भएको छ । आवेदन गरेका सबैले मागअनुसारको नै इकाई प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

 सानिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो पटक निष्काशन गरेको ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फण्डले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई विक्री खुला गरेकोमा सर्वसाधारणबाट मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार बढाएर १३ करोड इकाई पुर्याइएको छ । सानिमा क्यापिटलले फण्डको कोषको आकारभन्दा बढी माग आवेदन भएपछि कोषको आकार बढाएर एक अर्ब ३० करोड रुपैयाँ पुर्याइएको छ ।

कुल १३ करोड इकाईमध्ये रितपुर्वक आवेदन दिने २१ हजार १३५ जना आवेदकलाई मागे बमोजिम “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका २०७४” वमोजिम शत प्रतिशत इकाई १० करोड ९७ लाख सात हजार ३२० इकाई बाँडफाँड गरिएको छ भने बाँकी रहेको दुई करोड दुई लाख ९२ हजार छ सय ८० इकाईलाई वीज पूँजी कायम गरिएको क्यापिटलले जनाएको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम कुल माग गरेको इकाइ संख्यामध्ये २५ प्रतिशतसम्म बढाउन पाउने ब्यवस्था रहेको छ ।