बैंकिङ खबर । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले झन्डै दुई लाख कित्ता सेयर लिलामीमा निकालेको छ । लघुवित्तले एक लाख दुई हजार छ सय ८० कित्ता संस्थापक र ९३ हजार २७ कित्ता साधारण सेयर गरि कुल एक लाख ९५ हजार ७०७ कित्ता सेयर लिलामीमा निकालेको हो ।
लिलामीको सेयरमा पुस ११ गतेदेखि १८ गतेसम्म आवेदन गर्न सकिने छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य अंकित गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लिलामी सेयरको बिक्री प्रबन्धक एनआइबिल क्यापिटल मार्केट रहेको छ । एनआईबिल क्यापिटल लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुङ्गा पोखरा तथा आरएसडिसीको कार्यालय बुटवल तथा नेपाल इन्भेष्टमेष्ट बैंकको शाखाहरु विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट लिलामीमा आवेदन गर्ने व्यवस्था रहेको छ ।