ओम डेभलपमेन्ट बैंक लिमिटेडले लिलामीमा निकालेको दुई लाख ५२ हजार छ सय ६९ कित्ता सेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद निष्काशनका क्रममा नबिकेको ८६ हजार ८२ कित्ता संस्थापक र दुई लाख छ हजार पाँच सय ८७ कित्ता साधारणतर्फको हकप्रद सेयर लिलाीमा विक्री खुला गरेको थियो ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटलको केन्द्रीय कार्यालय, लाजिम्पाट र शाखा कार्यालय लगनखेल सहित नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु विराटनगर, सुर्खेत, वीरगंज, नेपालगंज र धनगढीबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।