बेष्ट फाइनान्स कम्पनी लिमिटेड (साविकको जनरल फाइनान्स लिमिटेड)ले दुई लाख ९० हजार दुई सय ३६ कित्ता सेयर लिलामीमा निकालेको छ । कम्पनीले गत भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हकप्रद सेयर निष्काशन गर्दा नविकेको संस्थापक समूहतर्फको एक लाख सात हजार ४० कित्ता र साधारण समूहतर्फको एक् लाख ८३ हजार एक सय ९६ कित्ता सेयर लिलामी बढाबढ गरी विक्री खुला गरेको हो ।
पुस १२ गतेसम्म लिलाम विक्री खुला रहने सेयरमा उपत्यकाभित्र ग्लोबल आाईएमई क्यापिटल लिमिटेड, जमल तथा उपत्यकाबाहिर ग्लोबल आईएमई बैंकका शाखाहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धरगढीबाट आवेदन दिन पाइनेछ ।
गैरआवासिय नेपालीहरुको प्रवद्र्धन रहेको यस फाइनान्सको काठमाडौँको न्यूरोड र चावाहिलमा गरी दुई वटा शाखा रहेका छन् । २०५२ सालमा स्थापित यस फाइनान्सको यस सेयर लिलामीपछि चुक्तापुँजी २९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले सिनर्जी फाइनान्सलाई प्राप्ती गर्नका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाइसकेको छ । जसपश्चात् कम्पनीको चुक्तापुँजी ७७ करोड रुपैयाँ पुग्नेछ ।
फाइनान्सले आफ्नो पुँजी तथा संजाल वृद्धिसँगै आफ्ना ग्राहकहरुलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको छ । फाइनान्सले हाल विभिन्न रेमिट कम्पनीहरुसँगको सहकार्यमा रेमिट्यान्स सेवा समेत दिँदै आइरहेको छ ।