बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक १२.३२ अंकले घटेर १४७२.१५ अंकमा कायम भएको छ । बीमा सबैभन्दा धेरै ७७.६१ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त क्रमशः ६.०२, १.९४, ११.१५, १९.३५, २२.४७, २.७८, २३.१४ र २१.०५ अंकले घटेका छन् । उत्पादनमूलक १४.९४ अंकले बढेको छ ।
दिनभरिमा १५३ वटा कम्पनीको नौ लाख ७८ हजार १५ कित्ता सेयर पाँच हजार २४ पटक खरिदविक्री हुँदा ४६ करोड ८८ लाख ८१ हजार पाँच सय ३९ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको पौने चार करोड, नेपाल टेलिकमको साढे तीन करोड, मुक्तिनाथ विकास बैंकको तीन करोड र जनता बैंकको दुई करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, चिलिमे हाइड्रो लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
जम्मा २६ कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै ललितपूर फाइनान्स, महुली सामुदायिक लघुवित्त र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ७.१४, ६.०४ र ५.२९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, मञ्जुश्री फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, सूर्योदय लघुवित्त, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, विजय लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.६९११ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, प्रिमियर इन्स्योरेन्स, सृजना फाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, ओम डेभलपमेन्ट बैंक, अरुण फाइनान्स, देवः विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।