December 20th, 2017

एनआईसी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

एनआईसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाउन सफल भएको छ । यस बैंकले २०७४ पुस ३ गते World HRD Congress, Employer Branding Institute and Stars of the industry Group द्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित NEPAL BFSI EXCELLENCE & LEADERSHIP AWARDS 2017 कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको BEST BRAND AWARD (BANKING SECTOR) र BEST EMPLOYER BRAND AWARD पाउन सफल भएको हो । 

World CSR Day & World Sustainability का संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।