बैंकिङ खबर । अबदेखि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मार्फत नै लगानीकर्ताले बोलकबोल(अक्सन)मा सेयर किन्न पाउने भएका छन् । नेप्सेले धितोपत्र कारोबार संचालन विनियमावली २०७४मा अक्सनमार्फत सेयर खरीदबिक्री गर्न पाउने प्रावधान समेटेको जानकारी दिएको छ । विनियमावलीलाई नेप्सेले अन्तिम रुप दिएको छ ।
विनियमावलीमा लगानीकर्ताले आफूसँग भएको सेयरभन्दा बढी बिक्री गरेमा अक्सन मार्केटमा खरिद गरि भरपाई गर्न पाउने व्यवस्था गरिएको छ । अक्सन मार्केटमा सेयर उपलब्ध नभए मात्र लगानीकर्ताले जरिवाना स्वरूप २० प्रतिशत रकम तिर्नु पर्नेछ । अक्सन मार्केट आइतबारदेखि विहिबारसम्म साढे तीन बजे देखि साढे चार बजेसम्म र शुक्रबार विहान ११ देखि १२ सम्म खुल्नेछ । अक्सन मार्केटमा सदस्य दलालले आफ्ना लगानीकर्ताहरुका लागि कारोबार गर्न पाउने तर आफ्नै लागि भने बोलकबोलमार्फत सेयर खरिद गर्न नपाउने व्यवस्था गरिएको छ ।