बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, लगनखेल, पोखरा तथा माउण्ट मकालुको शाखा कार्यालयहरु तेह्रथुम तथा सम्पुर्ण कार्यालयहरुबाट आवेदन गर्न सकिनेछ । धितोपत्र बोर्डको निर्देशन बमोजिम उपत्यका बाहिरका मुख्य शहरबाट आवेदन गर्ने व्यवस्थाका लागि बैंकले इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीबाट समेत हकप्रद भर्न सकिने व्यवस्था रहेको छ ।
हाल माउन्ट मकालुको चुक्ता पूँजी छ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेका छ । बैंंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद निष्काशन गर्नेछ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । बैंकलाई काबेली विकास बैंकले एक्वायर गर्ने प्रकृयामा रहेको छ ।
सिभिल बैंक लिमिटेडले पनि मंसिर २२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । पुस २७ गतेसम्म निष्काशन गरिने गरिने सेयरमा मंसिर ४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब सात करोड ४० लाख ८८ हजार छ सय ७५ रुपैयाँ बराबरको दुई करोड सात लाख ४० हजार आठ सय ८६ दशमलव ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रदमा लगानीकर्ताले सिभिल बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल लिमिटेड, बानेश्वरबाट, सिभिल क्यापिटल लिमिटेड सुन्धरा र आस्पा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल सिभिल बैंकको चुक्तापुँजी पाँच अर्ब १८ करोड ५२ लाख १० हजार तीन सय ६२ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशनपश्चात बैंकको चुक्तापुँजी सवा सात अर्ब रुपैयाँ नाघ्नेछ ।