Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा भएको आगलागीको छानविन हुँदै

२०७४ मंसिर २९ गते

नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए । समितिमा को को रहने भन्ने बारेमा अन्तिम टुंगो अहिले लागेको छैन ।

 आगलागीका कारण स्टकको ५० लाखभन्दा बढी क्षति भएको हुनसक्ने देखिएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सले समेत छानबिन शुरु गरेको छ । “थप क्षति कति भयो भन्नेबारेमा अध्ययनबाट मात्रै थाहा हुन्छ, छानबनि प्रक्रिया प्रारम्भिक रुपमा शुरु भएको छ” –पराजुलीले भने । 

उता आगलागीका कारण विहीबार दुई घण्टा य बन्द भएको धितोपत्र बजार सकारात्मक देखिएन । स्टकको केन्द्रीय सर्भर नै नचलेपछि कारोबार एक घण्टा ५५ मिनेटपछि शुरु भएको थियो । बजार सामान्यतया बिहान ११ बजेदेखि शुरु हुने भए पनि आगलागिका कारण दिउँसो १ बजेदेखि मात्र धितोपत्र कारोबार शुरु भएको थियो । सोही कारण बजार भने साँझ ५ बजेसम्म खुला रहेको थियो ।

नेप्सेका अनुसार विहिबार कुल १५३ कम्पनीको १४ लाख ८४ हजार ३६१ कित्ता सेयर रु ४५ करोड ३१ लाख ४४ हजार ९२९ मूल्यमा कारोबार भएको छ ।

नेप्से परिसूचक भने शुन्य दशमलव ५९ बिन्दुले घटेर एक हजार ५२० अंकमा पुगेको छ । आज व्यापार तीन दशमलव १३, फाइनान्स चार दशमलव २३, उत्पादन चार दशमलव ०९ र अन्य समूह १३ दशमलव ५९ बिन्दुले बढेको थियो । यस्तै बैंकिङ एक दशमलव ९३, होटल २७ दशमलव ६४, विकास बैंक एक दशमलव ५८, जलविद्युत् २३ दशमलव ४८ र बीमा समूह २० दशमलव ५७ बिन्दुले घटेको छ । रासस