बैंकिङ खबर । मंगलबार चार वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । दुई बीमा कम्पनी र दुई विकास बैंकले मंगलबार आफ्नो सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएका हुन् । एउटा कम्पनीको बोनस र तीन कम्पनीको हकप्रद सेयर गरी कुल एक करोड ५१ लाख सात हजार आठ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
मंगलबार नेप्सेमा आफ्नो सेयरको सूचिकरण गराउनेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् । नेको इन्स्योरेन्सको सात लाख १२ हजार आठ सय ९५ दशमलव ९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको ६१ लाख ७० हजार आठ सय ६५ दशमलव ०५ कित्ता हकप्रद सेयर र अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयरको पनि सूचिकरण भएको छ ।