बैंकिङ खबर । सोमबार सेयर बजार २.७४ अंकले घटेर १५२७.७५ अंकमा कायम भएको छ । उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह २६.७३ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र लघुवित्त क्रमशः १.८३, २.२८, ७.१, ९.१, ३.०४, ०.९४ र ५.४७ अंकले घटेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः ०.५६ र ०.८७ अंकले बढेका छन् ।
कारोबार रकम आइतबारको तुलनामा घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको आठ लाख ५६ हजार एक सय १८ कित्ता सेयर चार हजार एक सय एक पटक खरिदविक्री हुँदा ४६ करोड ४५ लाख ५० हजार छ सय १८ रुपैयाँको कारोबार भएको छ । आइतबार ८४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै छ करोडमाथिको सेयर कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको पौने पाँच करोडमाथिको कारोबार भएको छ । बुटवल पावर कम्पनी, नविल बैंक प्रोमोटर, नेपाल टेलिकम, एभरेष्ट बैंक, चिलिमे हाइड्रो र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक र एनसीसी बैंकको क्रमशः ९४ लाख र ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एभरेष्ट बैंक (सीपी)का सेयरधनीले सबैभन्दा धेरै ७.४७ प्रतिशतका दरले कमाएका छन् । महुली सामुदायिक लघुवित्त, काबेली विकास बैंक, बरुण हाइड्रो, लक्ष्मी लघुवित्त, मञ्जुश्री फाइनान्स, किसान माइक्रोफाइनान्स, एनआईबिएल प्रगति फण्ड, महालक्ष्मी विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेशनल माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.८० प्रतिशतका दरले गुमाएका छन् । छ्याङ्दी हाइड्रो, सांग्रिला डेभलपमेन्ट बैंक, सिनर्जी पावर, गोर्खाज फाइनान्स, नेरुडे लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, युनाइटेड मोदी हाइड्रो, एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।