Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ज्योति विकास बैंकद्धारा बोनस प्रस्ताव, राप्तीभेरीको बोनस ज्योतिका सेयरधनीले नपाउने

२०७४ मंसिर २५ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएको छ । बैंकको आइतबार बसेको २९०औँ संचालक समितिको बैठकले चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने २२ करोड आठ लाख ६३ हजार चार सय २० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । 

त्यस्तै, बैंकले गत कात्तिकमा प्राप्ति गरेको राप्तीभेरी विकास बैंकले पहिले नै घोषणा गरेको छ प्रतिशत बोनस सेयर भने ज्योतिका सेयरधनीले नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि एक करोड छ लाख एक हजार आठ सय रुपैयाँ बराबरको बोनस सेयर साविकको राप्तीभेरीका सेयरधनीलाई मात्रै वितरण गरिने बताइएको छ । 

गत कात्तिक ८ गते राप्तीभेरी विकास बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेपछि ज्योति विकास बैंकको चुक्तापूँजी दुई अर्ब २० करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी अढाई अर्ब नाघ्नेछ ।