Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

एनसीसी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

२०७४ मंसिर २५ गते

बैंकिङ खबर । नेपाल क्रेडिड एण्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।

एनसीसीले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँ बराबरको दुई करोड ३३ लाख ९५ हजार दुई सय ९१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।  

हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब एक करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन गरिसकेपछि गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरी आठ अर्ब चुक्तापुँजी पुर्याउने बैंकको योजना छ ।