बैंकिङ खबर । मंगलबार सेयर बजार १.९० अंकले घटेर १५२४.८७ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २.९, १७.५७, २.८६, १३.७३, १.३९ र २.८९ अंकले घटेका छन् भने व्यापार, बीमा, उत्पादनमूलक र लघुवित्त क्रमशः ०.०९, २७.४, ३.२२ र ६.६१ अंकले बढेका छन् ।
सोमबारको तुलनामा कारोबार रकममा थोरै सुधार आएको छ । दिनभरिमा १६३ वटा कम्पनीको १० लाख ८२ हजार तीन सय आठ कित्ता सेयर चार हजार आठ सय ६३ पटक खरिदविक्री हुँदा ५७ करोड ७७ लाख ६४ हजार चार सय २६ रुपैयाँको कारोबार भएको छ । सोमबार ५४ करोडको सेयर कारोबार भएको थियो ।
बुटवल पावर कम्पनीको १० करोड, प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको छ करोड र शिखर इन्स्योरेन्सको झन्डै चार करोडको कारोबार भएको छ । नेपाल बैंक, जनता बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
सिनर्जी पावरका सेयरधनीले सबैभन्दा धेरै ५.२० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स, मिथिला लघुवित्त, हिमालयन डिस्टीलरी, एशियन लाइफ इन्स्योरेन्स, मिर्मिरे माइक्रोफाइनान्स, छ्याङ्दी हाइड्रो, छिमेक लघुवित्त, जलविद्युत् लगानी तथा विकास कोष, बुटवल पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, रिलायन्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.४३ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, जेविल्स फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सानिमा माई हाइड्रो, अरुण फाइनान्स, भार्गव विकास बैंक, लक्ष्मी लघुवित्त, ओम डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



