बैंकिङ खबर – वाणिज्य बैंकमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड(एनएफआरएस) लागु भएको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिले वाणिज्य बैंकलाई वार्षिक वित्तीय विवरण एनएफआरस बमोजिम तयार गर्न निर्देशन दिएको छ । जसअनुसार, अब बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासिक वित्तीय विवरण नियमनकारी प्रावधान तथा एनएफआरएस बमोजिमको दुवै विवरण प्रकाशित गर्नुपर्ने भएको छ । त्यसपछिका त्रैमासहरुमा भने एनएफआरएस बमोजिमको विवरण मात्रै प्रकाशित गर्नुपर्ने बताइएको छ ।
वाणिज्य बैंकहरुले केन्द्रीय बैंकबाट लाभांश स्वीकृतिको प्रयोजनको लागि कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था र अन्य व्यवस्थाहरु कायम गरी लेखांकन सम्बन्धी अन्य प्रावधान बमोजिम कायम हुने नियमनकारी नाफा÷नोक्सान गणना गर्नुपर्नेछ ।
बाणिज्य बैंकले तयार पारेको एनएफआरएस कम्लाइन्ट वित्तीय विवरण बमोजिमको नाफा÷नोक्सान र केन्द्रीय बैंकको निर्देशन बमोजिम कायम हुने नियमनकारी नाफा÷नोक्सानमा पर्ने फरककोे रिकनसुलेसन तयार गरी वार्षिक वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीमा खुलाउनुपर्ने छ ।
बैंकले तयार गरेको एनएफआरएस कम्लाइन्ट वित्तीय विवरण तथा नियमनकारी वित्तीय विवरण बीचको फरक रकमलाई स्टेटमेन्ट मार्फत सन्चित मुनाफा तथा खाता खर्च गरी नियमानकारी कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।
पहिलो वर्षको एनएफआरएसको वित्तीय विवरण तथा तथा नियमनकारी वित्तीय विवरणको शुरुको मौज्दात बीचको फरक रकम र पहिलो वर्षको एनएफआरएस वित्तीय विवरण बमोजिमको नाफा/नोक्सान तथा नियमनकारी नाफा÷नोक्सानको विभिन्न लेखा शीर्षकहरु जस्तैः कर्जा नोक्सानी व्यवस्था, अन्य व्यवस्था, ब्याज आम्दानी आदि बीच फरक भई एनएफआरएस बमोजिमको वित्तीय विवरणको नाफा रकम नियमनकारी नाफा रकम भन्दा बढी भएमा सो बढी रकम व्यवस्था गर्नुपर्ने छ ।
पहिलो आर्थिक वर्ष पश्चात् हरेक वर्षको एनएफआरएस बमोजिमको वित्तीय विवरणको नाफा÷नोक्सान र नियमनकारी नाफा÷नोक्सानमा फरक पर्ने रकमलाई नियमनकारी कोषमा जम्मा/खर्च गर्नुपर्ने छ ।
एनएफआरएस अन्तर्गत फाइनान्सियल एसेट तथा इन्भेष्टमेन्ट प्रोपटीलाई फेयर भ्यालुमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी परिवर्तन भएको रकम कतिपय अवस्थामा नाफा नोक्सानमा समावेश नगरी रिजर्भ खडा गरीराख्नुपर्ने भएकोले यसको कारण सिर्जना भएका रिजर्भहरु पुँजीकोषमा गणना गर्न नपाइने बताइएको छ ।
एनएफआरएस बमोजिम तयार हुने वित्तीय विवरण राष्ट्र बैंकले तोकेको ढाँचामा वाणिज्य बैंकले प्रकाशित गर्न पाउने छन् । एनएफआरएस बमोजिमको त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा एनएफआरएस तथा नियमनकारी बमोजिमको नाफा/नोक्सानको कूल रकम र सो बीचको फरक रकम समेत खुलाएर सार्वजनिक प्रकाशन गर्नुपर्ने छ ।