Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनता बैंकका सेयरधनीले कति पाउने भए बोनस ?

२०७४ मंसिर १८ गते

बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडका सेयरधनीले १४.४० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार (मंसिर १५ गते) बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयधनीले पाउनेछन् । 

बैंकले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्तापुँजीको १४.४० प्रतिशतले हुने एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँको बोनस सेयर जारी गर्नेछ । हाल, जनता बैंकको चुक्तापुँजी छ अर्ब ९९ करोड ३६ लाख ९३ हजार नौ सय ९० रुपैयाँ रहेको छ । बोनस सेयर जारी भएपनि जनता बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ ।