Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

४४ अंकले बढ्यो सेयर बजार, साताभरमा तीन अर्ब ६१ करोडको कारोबार

२०७४ मंसिर १५ गते

बैंकिङ खबर । यो साता सेयर बजारमा वृद्धि देखिएको छ । साताको सुरुवात नै दोहोरो अंकको वृद्धिबाट गरेको बजारमा लगानीकर्ताको आकर्षणमा पनि क्रमशः वृद्धि भइरहेको पाइएको छ । साताको आइतबार, मंगलबार र बुधबार सेयर बजार दोहोरो अंकले बढ्यो । सोमबार भने बजार सामान्य अंकले घटेको थियो । अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेर १५३७.६७ अंकमा पुगेको छ । गत साताको अन्तिम दिन सेयर बजार १४९३.२९ अंकमा बन्द भएको थियो । यस आधारमा हेर्दा, यो साता नेप्से परिसूचक ४४.३८ अंकले बढेको देखिन्छ ।

विगत केही साताहरुको तुलनामा यो साता कारोबार रकममा पनि आकर्षक वृद्धि देखियो । लामो समयपछि बुधबारको कारोबारले एक अर्ब नाघेको थियो । आइतबार, सोमबार र मंगलबार क्रमशः ५९ करोड, ६५ करोड र ५७ करोडको कारोबार भएको थियो । साताको अन्तिम दिन भने ७४ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा, साताभरमा तीन अर्ब ६१ करोड ३२ लाख ६२ हजार आठ सय १६ रुपैयाँको सेयर कारोबार भएको छ । गत साता दुई अर्ब २३ करोड ३८ लाख ७२ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको थियो । 

 यो साता बुटवल पावर कम्पनी, नेपाल टेलिकम, चिलिमे हाइड्रो, नेपाल बैंक लगायतको धेरै कारोबार भएको छ । नयाँ नेपाल लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नागबेली लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले कमाएका छन् । हिमालयन डिस्टीलरी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले गुमाएका छन् ।